Member Since: 2019-12-10
Catagory: Advertising and PR Services
Verified
मेलुङ गाउँपालिकाको लागि देहाय बमोजिमको पद, संख्या र योग्यता भएको कर्मचारी करार सेवामा राख्नुपर्ने भएकोले योग्यता पुगेको नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध) दिन भित्र तोकिएको राजश्व तिरेको रसिद सहित यस कार्यालयमा दरखास्त दिनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। यसको दरखास्त फाराम यस कार्यालयबाट वा वेवसाइट www.melungmun.gov.np बाट उपलब्ध हुनेछ ।
Post: रोजगार संयोजक
Requirements
कम्तिमा स्नातक तह वा सो सरह उत्तिर्ण गरेको ।
दरखास्त दिने अन्तिम मितिमा २१ वर्ष पुरा भई ४५ वर्ष ननाघेको।
भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी कुनै कारवाही नभएको ।
नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार नठहरिएको ।
To Apply
यो सूचना प्रकाशित भएको मितिले १५ दिनसम्म कार्यालय समय भित्र दरखास्त दिन सकिनेछ । सो दिनसार्वजनिक विदा पर्न गएमा सोहि दिनको भोलिपल्टसम्म दरखास्त दिन सकिनेछ ।व्यक्तिगत विवरण (Bio-Data), नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यता, तालिम र अनुभवका प्रमाण पत्रका साथै सम्पुर्ण कागजातहरु स्वयंमले प्रमाणित गरी पेश गर्नुपर्नेछ ।
Note:
रोजगार संयोजकको पदपूर्ति र सेवा सुविधा सम्बन्धी मापदण्ड, २०७६ बमोजिम हुनेछ । दरखास्त दस्तुर : रु. १,००० सानिमा बैंक शाखा कार्यालय, मेलुङको खाता नं. १३००३००००००००४००१०१५ मा जम्मा गरी सोकोसक्कल भौचर आवेदनका साथ संलग्न गर्नुपर्नेछ ।
थप जानकारीको लागि सम्पर्क ठेगाना :
९८५११४९२०१ वा melungrmc@gmail.com / info@melungmun.gov.np